समाचार

कांग्रेस र एमाले भ्रष्टाचारीलाई जोगाउनकै लागि मिलेका हुन : प्रचण्ड

कांग्रेस र एमाले भ्रष्टाचारीलाई जोगाउनकै लागि  मिलेका हुन : प्रचण्ड

काठमाडौं, मंसिर १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमाले भ्रष्टाचारीलाई जोगाउनकै लागि  मिलेको बताएका छन् ।

माओवादी काभ्रे(काठमाडौं सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको विरोध गर्नेहरुलाई सरकारले केही न केही बहानामा दबाउन खोजेको उनको भनाइ छ ।

उनले भनेका छन् , ‘हामीले सरकारमा हुँदा सामाजिक न्याय र सुशासनको पक्षमा केही रेकर्ड बनाउने कोसिस गर्‍यौं । त्यही कोसिस गरेबापत अहिले हामी सरकार बाहिर आउने, हामीले भ्रष्टाचारविरुद्ध अभियान चलाएवापत भ्रष्टाचारीहरुलाई जोगाउनकै लागि अप्राकृतिक ढंगले पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाएका छन् । यहाँसम्म आउँदा उनीहरुको उद्देश्य सुशासन होइन, भ्रष्टाचारीहरुलाई रक्षा गर्ने र त्यसका विरोध गर्नेहरुलाई कुनै न कुनै रुपले दमन गर्नेतिर केन्द्रित छन् ।’

 

 

Related Tag :

Related Post