काठमाडौं,माघ ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारको ध्यानाकर्षण गराएका छन्। रंगशालाको अनुगमनपछि राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको भन्दै सरकारले छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्ने उनको भनाइ छ ।
उनले भनेका छन्, ‘राजनीतिका ऐतिहासिक व्यक्तित्व एवं शान्ति सम्झौताका हस्ताक्षरकर्ता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम जोडिएको यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउन मेरो प्रधानमन्त्रीत्वकालमा सुरु गरिएको हो। पहिले यो रंगशालाको नाम झापा वैजनाथ खेलमैदान थियो।’