समाचार

गुल्मीमा एक महिनाको अवधिमा ३८ पटकसम्म सडकहरु अवरुद्ध

गुल्मीमा  एक महिनाको अवधिमा ३८ पटकसम्म  सडकहरु अवरुद्ध

काठमाडौं,भदौ ३ । गुल्मी जिल्लामा लगातारको वर्षा र पहिरोका कारण सडक अवरोधको समस्या बढेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार साउन महिनाको एक महिनाको अवधिमा जिल्लाका पाँच वटा मुख्य सडकहरु जम्मा ३८ पटकसम्म अवरुद्ध भएका छन् । सडक अवरोधका कारण २१२ घण्टासम्म सवारीसाधन चल्न नसकेको बताइएको छ।

प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी अवरोध रुद्रावेणी(वामीटक्सार सडक खण्डमा भएको हो । यो सडक मात्र साउन महिनाभरि १७ पटक पहिरोले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताएका छन् ।

यो सडकको डहरे खोलामा पक्की पुल अभावले अवरुद्ध हुने गरेको छ । बारम्बारको अवरोधले यात्रु, व्यापारी र स्थानीय बासिन्दालाई ठूलो सास्ती भएको छ ।त्यस्तै कालिगण्डकी करिडोर, जुन राष्ट्रिय गौरवको आयोजनामार्फत निर्माणाधीन छ । साउन महिनामा १३ पटक अवरुद्ध भएको छ ।

अन्य तीन सडकहरू रिडी–तम्घास, रिडी(खज्याङ, र पनाहा(धुर्कोट(जैसिथोक सडक पनि पहिरोका कारण प्रभावित भएका छन् । रिडी(तम्घास सडक ५ पटक, रिडी(खज्याङ २ पटक, र पनाहा(धुर्कोट(जैसिथोक सडक १ पटक पहिरोले अवरुद्ध भएको प्रहरी कार्यालयको विवरणमा उल्लेख छ ।

सडक अवरुद्ध भएपछि प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह र सडक डिभिजन कार्यालयबीच समन्वय गरेर सडक सुचारु गर्ने कार्य हुँदै आएको प्रहरीले जाएको छ ।

 

Related Tag :

Related Post