समाचार

नागढुंगाबाट १२ किलो चाँदीसहित बसका सहचालक पक्राउ

नागढुंगाबाट १२ किलो चाँदीसहित बसका सहचालक पक्राउ

काठमाडौं,जेठ १३ ।  १२ किलो भन्दा बढी चाँदीसहित बसका सहचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बा। प्र।–०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक बाराको कलैया घर भएका ३२ वर्षीय अनिश कुमार सिंह छन् । प्रहरी प्रभाग नागढुंगाको टोलीले उनलाई सोमबार राति पौने १० बजेतिर नागढुंगाबाट पक्राउ गरेको हो ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बसलाई जाँच गर्ने क्रममा १२ किलो १७६ ग्राम अवैध चाँदी बरामद भएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठटमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

 

 

 

Related Tag :

Related Post