समाचार

शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारे:पर्यटनमन्त्री पाण्डे

शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारे:पर्यटनमन्त्री पाण्डे

काठमाडौं,फागुन १ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन । उनले प्रकृतिको दोहन गरेर शक्ति राष्ट्रहरूले पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाएका हुन् ।उनले प्रकृतिको दोहनका कारण पञ्चतत्व पृथ्वी, जल, तेज, वायु र आकाशकोे सन्तुलन बिग्रिएको उनको भनाइ थियो ।

उनले भनेका छन्, ‘शक्तिशाली राष्ट्रहरूले प्रकृतिको विभिन्न किसिमले दोहन गरेर त्यसबाट पृथ्वीको सन्तुलन नै पृथ्वीको जल, तेज, वायु, आकाशको जुन पञ्चतत्वको सन्तुलन छ त्यो सन्तुलनमै समस्याहरू खडा भएको छ ।’ 

 

 

 

 

 

Related Tag :

Related Post