समाचार

दुई तिहाइ सरकारको बेलुन फुटिसकेको प्रचण्डको दाबी

दुई तिहाइ सरकारको बेलुन फुटिसकेको प्रचण्डको दाबी

काठमाडौं,वैशाख २२। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइ सरकारको बेलुन फुटिसकेको दाबी गरेका छन् । सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा  प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले भनेका छन्, ‘एक महिना बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न सक्नुभएको छैन । दुई तिहाइको अहंकार त अब मैले हेर्दा त्यो बेलुन फुटिसकेको देख्छु,’।यस्तै  उनले

हरेक नियुक्ति र निर्णयमा स्वार्थ समूह नै हावी भएको आरोप लगाउँदै ‘जनताले सेवा प्रवाह सहज रुपमा पाउन नसकेको र  सार्वजनिक संस्थानमा चरम राजनीतिकरण भइरहेका उनको भनाइ थियो ।  प्राविधिक रुपमा अहिलेको सरकार नढलेको भए पनि जनताको मन मस्तिष्कमा सरकार ढलेजस्तो भएको बताए ।

उनले भने, ‘प्राविधिक रुपमा त अहिले सरकार ढलेको छैन । तर साँच्चै जनताको मन मस्तिष्कमा यतिबेला नैतिक रुपमा भन्ने हो भने सरकार छैन, ढलिसकेको छ,’ ‘मेरो चिन्ता हिजो पनि थियो, आज पनि त्यही भन्छु सरकारको कार्यशैलीले तपाईंहरूमात्रै ढल्दै हुनुहुन्न, लोकतन्त्रमाथि बाहिरबाट भन्दा सरकारकै काम कारबाहीका कारण बढी खतरा पैदा हुने त होइन रु’

 

Related Tag :

Related Post