काठमाडौं, भदौ ३१। संबैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाई सिफारिस गरेको छ । परिषद्को आज बसेको बैठकले राउतलाई वरिष्ठताको आधारमा सिफारिस गरेको हो ।
उदयपुर जिल्लामा २०१७ साल चैत ६ गते जन्मिएका राउत आगामी २०८१ चैत ६ गतेसम्म प्रधानन्यायाधीशको जिम्मेवारीमा रहनेछन् । यसका लागि उनले संसदीय सुनुवाई समितिबाट अनुमोदित हुनुपर्नेछ । सर्वोच्च अदालतका न्यायाधीश र प्रधानन्याधीशको उमेर हद ६५ वर्ष रहने संबैधानिक व्यवस्था रहेको छ ।
कानूनमा स्नातक गरेका राउतसँग अधिवक्ता र बरिष्ठ अधिवक्ताको रुपमा करिब ३३ बर्ष काम गरेको अनुभव छ । २०६३ सालमा सर्बोच्च अदालत बारका अध्यक्ष भएका राउतसँग प्रायः सबै प्रकारका मुद्धा तथा रिटको विशेषज्ञता रहेको छ ।
राउत २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । राउत वकालत पेशाको लामो अनुभवबाट खारिएका व्यक्ति भएकाले न्यायिक क्षेत्रमा थप सुधार हुनसक्ने आशा सम्बन्धित क्षेत्रबाट गरिएको छ ।