समाचार

एकीकृत समाजवादीमा १३ बुँदे आचारसंहिता: महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नुपर्ने

एकीकृत समाजवादीमा १३ बुँदे आचारसंहिता: महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नुपर्ने

 काठमाडौं,फागुन ९ । नेकपा एकीकृत समाजवादीले पार्टीका नेता तथा कार्यकर्ताको आचरण र व्यवहार बारे १३ बुँदे आचारसंहिता जारी गरेको छ ।आचारसंहितामा मार्गनिर्देशक सिद्धान्त, मूल्य मान्यता, आचरण, नैतिकता, व्यवहार, जिम्मेवारी, जवाफदेहिता, अध्ययनशीलता, अनुशासनको पालना लगायतका विषय समावेश गरिएका छन् ।

पार्टीको शुक्रबारबाट ललितपुरमा सुरु भएको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा अध्यक्ष माधव कुमार नेपालले १३ बुँदे आचारसंहिता पेस गरेका हुन् । 

‘कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू एकआपसमा र जनतासँग शिष्ट, मर्यादित, सम्मानजनक र समानताको व्यवहार गर्नुपर्नेहुन्छ’ आचारसंहितामा भनिएको छ, ‘बोल्दा अश्लील र अपशब्दको प्रयोग गर्नु हुँदैन ।’

आचारसंहितामा परपुरुष–परस्त्री शारीरिक सम्बन्ध र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिरको शारीरिक सम्पर्कलाई अनैतिक भनिएको छ ।

 

 

 

Related Tag :

Related Post