समाचार

घन्टौ लामो उद्धारको पर्खाइमा रहेका चार जनालाई नख्खु खोलाले बगायो

घन्टौ लामो उद्धारको पर्खाइमा रहेका चार जनालाई नख्खु खोलाले बगायो

काठमाडौं,असोज १२ । केही दिन देखीको वर्षाका कारण देश भरी नै बाढी पहिरोको जोखिम बढेको छ । काठमाडौं लगायत धेरै जिल्लामा बाढी पहिरोका कारण धेरै मानिको ज्यान समेत गएको प्रहरीको भनाइ छ । घन्टौ देखी उद्दारकर्ताको प्रतीक्षा मा रहेका ललितपुरको नखिपोटमा नख्खु खोलामा आएको बाढीले ४ जनालाई बगाएको भिडियो अहिले सामाजिक संजालमा निकै भाइरल भइरहेको छ ।  

कान्तिपुर कोलोनी नजिकै रहेको टहरोमा बस्दै आएका चार जना बाढीका कारण शनिबार बिहानदेखि फसेका थिए । उनीहरु करिब ८ बजेदेखि उनीहरु टहरामाथि उद्धारको प्रतिक्षामा बसेका थिए । प्रहरी आउन पनि झण्डै ४५ मिनेटजति लागेको   थियो । दुई जना प्रहरी आएपछि डोरीले उदर गर्ने प्रयास गरे पनि  ‘उनीहरु बसेको जस्ता खसेर  उनीहरुलाई बगाएको प्रहरीको भनाइ छ । 

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, बेपत्ता हुनेमा एक महिला, दुई पुरुष र एक जना बच्चा छन् । उनीहरुको खोजी भइरहेको छ । 
शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण उपत्यकाका विभिन्न स्थानमा नदी बस्तीमा पसेको छ । शुक्रबार र शनिबार अत्याधिक वर्षा हुने भन्दै राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सूचना जारी गरेको थियो ।गृहमन्त्री रमेश लेखकले सिंहदरबारमा अहिले उद्धार, राहत लगायतका विषयमा छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । उनको सचिवालयका अनुसार, बैठक जारी छ ।
 

Related Tag :

Related Post