कैलाली साउन २७ । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ उत्तर मुढामा आज चट्याङ पर्दा दश जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्थानीय भीमबहादुर चौधरीको घरमा मृत्यु भएका एक व्यक्तिको १३ दिने पुण्य तिथिमा स्थानीय जमघट भई खाना पकाइरहेको अवस्थामा चट्याङ परेको हो ।
घाइते हुनेमा सोही ठाउँका फिरियादेवी चौधरी, रितादेवी चौधरी, माया चौधरी, कमलापती चौधरी, किरन चौधरी, उर्मिला डगौरा, पार्वती चौधरी, फुलकुमारी चौधरी, निर्मलादेवी थारु र घोडाघोडी नगरपालिका–३ ढुसरका ममता थारु रहेका छन् ।
घाइतेको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको प्रहरीले बताएको छ ।