समाचार

नारायणगढ मुग्लिन सडकमा पहिरोको जोखिम रहेकाले अवस्था बुझेरमात्रै यात्रा गर्न प्रहरीको अनुरोध

नारायणगढ मुग्लिन सडकमा पहिरोको जोखिम रहेकाले अवस्था बुझेरमात्रै यात्रा गर्न प्रहरीको अनुरोध

चितवन,भदौ ५ । वर्षाका कारण नारायणगढ मुग्लिन सडकको विभिन्न ठाउँमा स साना पहिरो तथा ढुंगा खसेको छ । बिहान इच्छाकामना ३, मौवाखोला र फिस्लिङबीचमा लेदोसहितको पहिरो खसेको छ । पहिरो पन्छाएर सडक सवारी आवागमन खुलाइएको छ भने नारायणगढ मुग्लिन सडकको बीचमा ठाउँ ठाउँका ढुंगा खसिरहेको छ ।

चितवन भएर चल्ने सवारी साधन अवरुद्ध नभएपनि ठाउँठाउँमा स(साना पहिरो खसिरहेको प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले बताएका छन् ।

बिहान ८ बजे इच्छाकामना ५ को तीन नम्बर पुलमाथिबाट खसेको ढुंगाले एउटा कारमा सामान्य क्षति पुगेको छ । कारमा सवार भने सकुशल छन् ।

निरन्तर पानी परिरहेकोले पहिरो तथा ढुंगा खस्ने जोखिम कायम रहेको हुँदा अत्यावश्यक कामबाहेक यात्रामा ननिस्किन प्रहरीले अनुरोध गरेको छ । कतै निस्कनुपरे सडकको अवस्थाबारे जानकारी लिएरमात्रै हिँड्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।

 

Related Tag :

Related Post