समाचार

८ वर्षको प्रयासपछि भोलिबाट बंगलादेशमा विद्युत निर्यात हुँदै

८ वर्षको प्रयासपछि भोलिबाट बंगलादेशमा विद्युत निर्यात हुँदै

काठमाडौं,कात्तिक २९ । ८ वर्षको लामो प्रयासपछि नेपालबाट बंगलादेश विद्युत निर्यात हुने भएको छ । भारतको केन्द्रीय विद्युत् नियमन आयोग सीईआरसी अनुमती दिएपछि नेपालबाट बंगलादेशमा विद्युत् निर्यात हुने भएको हो ।

नेपाल विद्युत् प्राधिकरण अनुसार भोलि १२ः४५ बजेबाट ४० मेगावाट विद्युत् निर्यात हुनेछ ।

 ८ वर्ष पहिलेदेखि बंगलादेशलाई बिजुली बेच्ने छलफल भए पनि निर्यात हुने नहुने अन्योल नै थियो। तर धेरै लामो समयको छलफल पछि बल्ल बंगलादेशमा  विद्युत् निर्यात हुने पक्का भएको हो ।


 

 

Related Tag :

Related Post