समाचार

जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शाेकमा आज राष्ट्रिय झण्डा आधा झुकाइँदै

जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शाेकमा आज राष्ट्रिय झण्डा आधा झुकाइँदै

काठमाडौं,साउन १० । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय झण्डा आधा  झुकाउने निर्णय गरेको थियो ।

यसैगरी बैठकले जहाज दुर्घटनाको छानबिन गर्न रतिशचन्द्रलाल सुमनको संयोजकत्वमापाँच सदस्यीय छानबिन समिति पनि गठन गरेको छ । जसमा ५ जना सदस्य रहेका छन् । बुधबार बिहान काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो ।

 

Related Tag :

Related Post