समाचार

बाढी पहिरोका कारण अलपत्र परेका १६३ जना विदेशी पर्यटकको उद्धार

बाढी पहिरोका कारण अलपत्र परेका १६३ जना विदेशी पर्यटकको उद्धार

 काठमाडौं, असोज १५ गते । अविरल वर्षाका कारण अलपत्र परेका १६३ जना विदेशी पर्यटकहरुको उद्धार गरिएको छ । भारी वर्षका कारण धनजनको क्षति हुन थाले पछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको अग्रसरतामा शनिवार मन्त्रालयमा बसेको अकस्मिक बैठकपछि अलपत्र परेका पर्यटकलाई सहयोग गर्न नेपाल पर्यटन बोर्ड अन्तर्गतको क्राइसिस सेलको समन्वयमा उद्धार गरिएको हो । 

सो सेलले नेपालस्थित विदशी दूतावास, कन्सुलेट अफिस, ट्राभल तथा ट्रेकिङ एजेन्सी लगायत नेपाली सुरक्षा निकायसँग समन्व गरी पर्यटकहरुको उद्धार गरी रहको छ । सेल पर्यटक प्रहरी र सेल आफ्नै को हटलाइन मार्फत २४ सै घण्टा पर्यटकका लागि सेवा दिन सुरु गरेको छ । सेलले वेभसाइट मार्फत पर्यटकका लागि हवाई सेवाको अवस्था मौसम लागायतका जानकारी उपलब्ध रहेको छ । यसै क्रममा बाढी पहिरोमा हराइ रहेको भनिएका सिङ्गापुरका पर्यटक याप सी मिन र किङ यी केन्टलाई सुरक्षित अवस्थामा फेला परिएको छ । यस्तै रामेछापाबाट एक नेपाली र एक भारतीय पर्यटको पनि उद्धार गरेको छ । 

आइतबार बाटै मनसुनी वर्षाको प्रभाव कम भएसँगै जनजीवन केही सहज भएको र पर्यटन क्षेत्रपनि केही सहज हुँदै गएको छ । यसै गरी पर्यटन मन्त्रीको पहलपछि सडकमार्ग पूर्ण रुपमा सञ्चालन नभएसम्म हवाइ टिकट सस्तोमा बेच्न वायु सेवा कम्पनी सहमत भएका छन् । यस अघि हवाई सेवा प्रदायकहरु तीन दिनका लागि न्यूनतम भाडादरमा टिकट विक्री गर्न सहमत भएका थिए ।

Related Tag :

Related Post