समाचार

प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं,साउन १४ । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय  गर्न संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । उनीमाथिको सुनुवाइ सकिइसकेकाले आज अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय हुने छ ।

समितिको बैठक आज बिहान साढे ११ बजे बोलाइएको छ । २ असारमा संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्दा एक महिलाले आफूलाई प्रधानले यौन शोषण गरेको उजुरी दिएकी थिइन् ।

त्यसपछि सुनुवाइ समितिले उजुरीकर्तासँग र प्रधानसँग पनि यस विषयमा छलफल गरेको थियो । ९ साउनमा प्रधानसँग छलफल गरेपछि सुनुवाइ समिति बैठक स्थगित गरिएको थियो ।यसबीचमा प्रधानको अनुमोदनका विषयमा प्रमुख दलका सांसदहरुले आफ्नो शीर्ष नेतासँग छलफल गरेका छन् ।

 

 

 

Related Tag :

Related Post