समाचार

तार्केश्वर नगरपालिका–११ का अध्यक्ष कविराज बस्नेतसहित ११ जना पक्राउ

तार्केश्वर नगरपालिका–११ का अध्यक्ष कविराज बस्नेतसहित ११ जना पक्राउ

काठमाडौं,साउन २० ।  तार्केश्वर नगरपालिका–११ का अध्यक्ष कविराज बस्नेतसहित ११ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दका अनुसार ११ जनालाई पक्राउ गरिएको हो । उनीहरू पक्राउ पर्नुमा भने सीमा विवादपछिको स्थिति जोडिएको छ । 

शहरी विकास प्राधिकरणले खोला करिडोरको बाटो विस्तार गर्ने भन्दै टेन्डर आयोजना गरेको थियो । सो अनुसार ठेकेदारले काम अघि बढाएका थिए । काठमाडौं महानगरपालिका–१६ र तार्केश्वर–११ को सीमामा पर्ने उक्त करिडोर बनाउने क्रममा भने सीमा विवाद भएको थियो ।

सो क्रममा २३ असारमा झडप हुँदा एक जनाको टाउकामा चोट समेत लागेको थियो । चोट लागेका ती व्यक्तिले सरकारी वकिलको कार्यालयमा उजुरी दिएका थिए । १३ जनाविरुद्ध जाहेरी आए पनि दुई जनाको हकमा भने यकिन ठेगाना खुल्न नसकेकाले पक्राउ गर्न नसकिएको प्रहरीले बताएको छ ।

 

 

Related Tag :

Related Post