समाचार

नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक उप्रेती पक्राउ

नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक उप्रेती पक्राउ

काठमाडौं, चैत ११ । नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक ध्रुव कुमार उप्रेती पक्राउ परेका छन् । गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा उप्रेतीलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो ।

गत मंसिर १२ गतेको सर्वोच्चको फैसलाले उनलाई दुई करोड ५५ लाख १६ हजार ४ सय ८३ रुपैयाँ जरिबाना र ६ महिना कैद ठहर गरेको थियो ।

त्यसयता फरार रहेका उनलाई हिजो ९आइतबार० काठमाडौं महानगरपालिका–१६ स्थित वनस्थलिबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरा ९सीआईबी०ले पक्राउ गरेको हो ।

उप्रेतीलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो । उनलाई आजै डिल्लिबजार कारागार चलान गरिएको छ ।

 

 

Related Tag :

Related Post