समाचार

सांसद राजेन्द्र बजगाईँलाई कारवाहीको माग गर्दै मन्त्री पाण्डेले दिए उजुरी

सांसद राजेन्द्र बजगाईँलाई कारवाहीको माग गर्दै मन्त्री पाण्डेले दिए उजुरी

काठमाडौं,कात्तिक ३०। आफूविरुद्ध शृङ्खलवद्धरूपमा कुप्रचार गरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसकै सांसद राजेन्द्र बजगाईंविरुद्ध उजुरी दिएका छन् । 

मन्त्री पाण्डेले अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका हुन् । बजगाईँले पार्टीको आन्तरिक अनुशासन र आफ्नो व्यक्तिगत इमान र निष्ठामा धावा बोलेको उनको जिकिर छ ।

कांग्रेस महासमिति सदस्य, गोरखा १ का सांसद तथा पर्यटन व्यवसायी बजगाईँले आफू मन्त्री भएदेखि नै सामाजिक सञ्जालमा विभिन्न आरोप लगाएको पाण्डेले उजुरीमा लेखेका छन् । मन्त्री पाण्डेले बजगाईँले अमर्यादित, अवाञ्छित, अराजक तथा गैरकानूनी कार्य गरेको भन्दै अनुसन्धान गरी आवश्यक कारवाहीको माग गरेका छन् ।

 

Related Tag :

Related Post