समाचार

त्रिशूली नदी किनारामा एक पुरुषको शव फेला

त्रिशूली नदी किनारामा एक पुरुषको शव फेला

काठमाडौं,असार २६ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदी किनारामा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार करिब ४५र५० वर्षको देखिने एक पुरुषको शव बिहीबार फेला परेको हो ।

केही अंग नभएको पुरुषको शव रहेको भन्ने खबर स्थानीयले गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । पहिचान खुल्न नसकेको पुरुषको शवलाई भरतपुर जिल्ला अस्पतालतर्फ पठाएइको छ ।

नदी किनारामा फेला परेको शव २४ असारमा रसुवामा आएको बाढीमा परी बेपत्ता भएका व्यक्तिको हुन सक्ने आशंका गरिएको छ ।

 

 

 

 

Related Tag :

Related Post