काठमाडौं,असोज १९ । सरकारले बाढीपहिरो प्रभावित १२ जिल्लाका ४१ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट बढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले बाढी, पहिरो र डुबानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो ।
सोही सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताएका छन् ।विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहमा पुनः स्थापना, पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ तीव्रता दिने गरिन्छ । त्यसका लागि खरिद प्रक्रिया पनि सरल हुन्छ ।
यी हुन् विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तह
कोशी प्रदेश
१.पाँचथर
फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका र फाल्गुनन्द गाउँपालिका ।
२.ओखलढुङ्गा
चम्पादेवी गाउँपालिका र सुनकोशी गाउँपालिका ।
३. उदयपुर
बेलका नगरपालिका ।
बागमती प्रदेश
४. धादिङ
बेनिघाट रोराङ गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, धुनिवेशी नगरपालिका र गजुरी गाउँपालिका ।
५.दोलखा
गौरीशङ्कर गाउँपालिका, बिगु गाउँपालिका र शैलुङ गाउँपालिका ।
६.रामेछाप
मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, दोरम्भा शैलुङ गाउँपालिका, सुनापति गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका, गोकुलगङ्गा गाउँपालिका र उमाकुण्ड गाउँपालिका ।
७.सिन्धुपाल्चोक
भोटेकोशी गाउँपालिका ।
८.ललितपुर
बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र गोदाबरी नगरपालिका ।
९.काभ्रेपलाञ्चोक
रोशी गाउँपालिका, पनौती नगरपालिका, तेमाल गाउँपालिका, नमोबुद्ध नगरपालिका, बेथानचोक गाउँपालिका, मण्डनदेउपुर नगरपालिका, चौरीदेउराली गाउँपालिका र महाभारत गाउँपालिका ।
१०.सिन्धुली
गोलन्जोर गाउँपालिका, सुनकोशी गाउँपालिका र फिक्कल गाउँपालिका ।
११.मकवानपुर
इन्द्रसरोवर गाउँपालिका र बकैया गाउँपालिका ।
१२. चितवन
भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका ।